९ कार्तिक २०८३, सोमबार
बि प्लस खबर

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

खबर सम्बाददाता ८ कार्तिक २०८३, आईतवार
बिहीबारदेखि  देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढ्ने भएको छ। मौसमविद्हरूका अनुसार बिहीबार रातिदेखि शुक्रबार रातिसम्म यसको प्रभाव बढी देखिनेछ भने केही स्थानमा भारी वर्षा हुन सक्नेछ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा तुलनात्मक रूपमा बढी वर्षा हुने सम्भावना छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनीको पश्चिमी क्षेत्रमा भने वर्षा तथा हिमपातको सम्भावना कम छ ।

सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै मौसमविद्हरूले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटकलाई सावधानी अपनाउन र यात्राअघि मौसमको जानकारी लिन आग्रह गरेका छन्। साथै, धानबाली भित्र्याउने समय भएकाले किसानलाई पनि वर्षा सुरु हुनुअघि नै काट्न तयार भएको धान सुरक्षित राख्न सुझाव दिइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin