डोटीको बोगटान फुड्सिल गाउँपालिका –०१ मा ५६ घरधुरीमा राष्ट्रिय विद्युुत लाइन पुगे पनि सिमचौरका कैयौँ घरबस्ती विद्युतबाट वञ्चित रहेका छन् ।
झन्डै दुई महिना अगाडि बोगटानको फुडसिल गाउँपालिकामा सिमचौरको विभिन्न टोलहरुमा राष्ट्रिय विद्युत लाइन पुगेको थियो । जस अन्तर्गत छिडिखानेदेखि घाराहाल्ना,खाल्टी र पान्सासम्म राष्ट्रिय विद्युुत लाइन प्रसारण भएको थियो । त्यति बेला त्यहाँका स्थानिय बासिन्दाहरुको घरपरिवारमा खुशिको रौनक छाएको थियो ।
तर त्यो खुसी सायद त्यहाँका सबै घरपरिवारका लागि नरहेछ । सिमचौरका कैयौँ घरपरिवारमा अझै पनि बिजुली बत्तीको अभाव रहेको छ । उक्त स्थानका बासिन्दाहरुको भनाई हामी कहिलेसम्म यस्तै अभावमा जिवन बिताउने ? घर,घरमा लाइन प्रसारण हुना पाएको छैन्,भने शिक्षा,स्वास्थ्य,सञ्चार लगायत विभिन्न आर्थिक गतिविधिमा कसरी विकास होला भन्ने चिन्ता जनसमुदायमा रहेको छ ।
बिजुली बत्ती नहुँदा विभिन्न समस्याहरुसँग लडदै जिवन चलाउनुपरेको छ । बालबच्चाहरुलाई अध्ययन गर्न समेत कठिनाइ भोग्नुपरेको छ । बत्ती नहुँदा अहिले सोलारको प्रयोग गर्ने गरेका छन् । जसले अलि उज्यालो त गर्छ तर सञ्चार सेवा तथा मोबाइल चार्ज गर्न समेत कठिनाइ भइरहेको छ ।
अन्य ५६ घरधुरीमा राष्ट्रिय विद्युत प्रसारण भएत पनि बाँकी घरधुरी अझै पनि बत्तीको सुविधाबाट बञ्चित छन् ।
५६ घरधुरीमा पनि राष्ट्रिय बिजुलि विस्तार गर्दा त्यहाँका बासिन्दाहरुले आफ्नै गाउँघरमा बत्ती पुर्याउन श्रमदानसमेत गर्नुपरेको थियो भनेर जनगुनासो रहेको छ ।
वर्षौँदेखि विद्युत सेवाको अभावमा रहेका स्थानियबासिन्दाहरु अझै पनि राष्ट्रिय विद्युुत प्रसारण सम्पूर्ण घरबस्तीमा सहज तरिकाले होस् भनेर आशमा बसेका छन् ।