९ कार्तिक २०८३, सोमबार
बि प्लस खबर

अमेरिकामा नेपाली युवाको तहल्का, नासाको अनुसन्धान परियोजनाको नेतृत्व गर्दै

खबर सम्बाददाता ८ कार्तिक २०८३, आईतवार
अमेरिकामा नेपाली युवाको तहल्का, नासाको अनुसन्धान परियोजनाको नेतृत्व  गर्दै

कैलालीको टीकापुरका युवा प्राध्यापक डा। चेतराज पाण्डेयले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाको अनुसन्धान परियोजनाको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन्। अमेरिकाको टेक्सस क्रिश्चियन विश्वविद्यालयको कम्प्युटर साइन्स विभागमा सहप्राध्यापकका रूपमा कार्यरत पाण्डेयले सन् २०२५ अगस्टदेखि उक्त जिम्मेवारी सम्हाल्दै आएका छन् ।

नासाले विश्वविद्यालयलाई ३६ लाख अमेरिकी डलरको ‘डार्क स्काई टु डीप टाइम’ नामक अनुसन्धान परियोजना प्रदान गरेको हो। उक्त परियोजनामा डा। पाण्डेय सह–प्रमुख अनुसन्धानकर्ता (को–प्रिन्सिपल इन्भेस्टिगेटर) का रूपमा संलग्न छन्। परियोजनाको नेतृत्व डा। रियानन म्याग्नेलीले गर्नेछिन् ।

पाँच वर्षअघि विद्यार्थी भिसामा उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका डा। पाण्डेयले पूर्ण छात्रवृत्तिमा जर्जिया स्टेट विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातकोत्तर गरेका थिए। उनले सन् २)२५ मै विद्यावारिधि (पीएचडी) पूरा गरेका हुन् ।

सहप्राध्यापकका रूपमा काम सुरु गरेको पहिलो वर्षमै नासाको अनुसन्धान परियोजनामा महत्त्वपूर्ण जिम्मेवारी पाउनु आफ्नो शैक्षिक तथा अनुसन्धान यात्राको ठूलो उपलब्धि भएको डा। पाण्डेयले बताएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin