९ कार्तिक २०८३, सोमबार
बि प्लस खबर

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका चन्दको कुशको शव बनाएर अन्त्येष्टि

खबर सम्बाददाता ८ कार्तिक २०८३, आईतवार
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका चन्दको कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। दुई महिनासम्म पनि उनको अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।

भीमदत्र् नगरपालिका–८ निवासी चन्द नेपाली सेनामा अमलदार पदमा कार्यरत थिए। उनी रसुवास्थित शिवनाथ गणको मैलुङ पोस्टमा कार्यरत रहेका बेला भदौ १० गते भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका थिए।

२०७० सालमा नेपाली सेनामा भर्ना भएका चन्दको आइतबार सेनाले अन्तिम सलामी दिएपछि भुजेला आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin