२९ कार्तिक २०८३, आईतवार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सुदूरपश्चिमका सहुलियत पसलमा १ करोड ७६ लाखभन्दा बढीको कारोबार

खबर सम्बाददाता २९ कार्तिक २०८३, आईतवार
सुदूरपश्चिमका सहुलियत पसलमा १ करोड ७६ लाखभन्दा बढीको कारोबार

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सुदूरपश्चिमका आठ स्थानमा सञ्चालन गरिएका सहुलियत पसलबाट १ करोड ७६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भइसकेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले असोज १ गतेदेखि सञ्चालन गरेका पसलबाट सबैभन्दा बढी चिनी बिक्री भएको छ। प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरका अनुसार १ करोड ४२ लाख ११ हजार रुपैयाँभन्दा बढीको चिनी बिक्री भएको हो।

त्यस्तै, ११ लाख ५१ हजार रुपैयाँको आयोडिनयुक्त नुन र १२ लाख १५ हजार रुपैयाँको तेल बिक्री भएको छ। अन्य खाद्यान्न तथा दालको समेत कारोबार भएको साल्ट ट्रेडिङले जनाएको छ।

बजारमा प्रतिकिलो १४० रुपैयाँसम्म पर्ने चिनी सहुलियत पसलमा १०० रुपैयाँमा उपलब्ध गराइएको छ। यस्तै, नुन, तेल र दाललगायतका सामग्रीमा पनि बजार मूल्यभन्दा छुट दिइएको छ।

धनगढी, अत्तरिया, बेलौरी, डडेल्धुरा, दीपायल, बैतडी, महेन्द्रनगर र टीकापुरमा सञ्चालित सहुलियत पसल कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin