२९ कार्तिक २०८३, आईतवार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

विमानस्थलबाट २२ करोड मूल्यको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ

खबर सम्बाददाता २९ कार्तिक २०८३, आईतवार
विमानस्थलबाट २२ करोड मूल्यको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट काठमाडौं आएका भारतीय नागरिक ५२ वर्षीय रेवराज टिघारेको लगेजबाट उक्त हेरोइन बरामद गरिएको हो। शनिबार बिहान शङ्का लागेर जाँच गर्दा खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाइएको अवस्थामा हेरोइन फेला परेको थियो।

महाराष्ट्र घर भएका टिघारे अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ।

आरोपीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त कसुरमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin