२९ कार्तिक २०८३, आईतवार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

टेबुल टेनिसमा पुरुष र महिला दुवैतर्फका खेल सम्पन्न

खबर सम्बाददाता २९ कार्तिक २०८३, आईतवार
टेबुल टेनिसमा पुरुष र महिला दुवैतर्फका खेल सम्पन्न

सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताअन्तर्गत टेबुल टेनिसका खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिताबाट पुरुष र महिला एकलतर्फ पाँच–पाँच जना खेलाडी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन्।

पुरुष एकलतर्फ कञ्चनपुरका आयुष बम प्रथम भएका छन्। कैलालीका दिवस जेठारा दोस्रो, कैलालीकै रोशन गोले तेस्रो, डोटीका विशाल शाही चौथो र कैलालीका अनुज खड्का पाँचौँ स्थानमा रहे। यी पाँचै खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

त्यस्तै, महिला एकलतर्फ कञ्चनपुरकी महिमा महता प्रथम भएकी छन्। कञ्चनपुरकै आस्था केसी दोस्रो र रेखा विष्ट तेस्रो स्थानमा रहिन्। बझाङकी विनोदा धामी पाँचौँ स्थानमा रहिन्। महिला एकलतर्फ पनि छनोट भएका पाँच खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin