२९ कार्तिक २०८३, आईतवार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कुस्तीमा सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

खबर सम्बाददाता २९ कार्तिक २०८३, आईतवार
कुस्तीमा सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट कुस्तीमा १८ खेलाडी छनोट भएका छन्।

शनिबार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १० पुरुष र ८ महिला खेलाडी छनोट भएका हुन्।

पुरुषतर्फ कञ्चनपुरका रोहित सार्की, सुनिल चौधरी, कैलाश शर्मा, लक्ष्मण नगारी, ललित सार्की, महेश जोशी, हरिश चन्द र विनोद रैकाल तथा दार्चुलाका पवन धामी र कैलालीका सन्दिप सार्की छनोट भएका छन्।

महिलातर्फ कञ्चनपुरका बिनिता चौधरी, कृतिका चन्द, कलावती अवस्थी, निर्मला जाग्री, विमला सुनार, अञ्जली डगौंरा र माया भट्ट तथा दार्चुलाकी सङ्गीता पाल छनोट भएका छन्।

दशौँ राष्ट्रिय खेलकुदका लागि शनिबारदेखि धनगढी र महेन्द्रनगरमा प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु भएको छ। मङ्सिर १ गतेसम्म सञ्चालन हुने छनोटबाट ७५० खेलाडीले सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin