२९ कार्तिक २०८३, आईतवार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

ओलम्पियाडमा नेपाली विद्यार्थीलाई चार पदक, रिवाशले जिते पहिलो रजत

खबर सम्बाददाता २९ कार्तिक २०८३, आईतवार
ओलम्पियाडमा नेपाली विद्यार्थीलाई चार पदक, रिवाशले जिते पहिलो रजत

रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन कांस्यसहित चार पदक जितेका छन्।

रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन्। रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका छन्।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी ९नासो० का अध्यक्ष सुरेश भट्टराईका अनुसार अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालले रजत पदक जितेको यो पहिलो पटक हो।

यसअघि थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा पनि नेपाली विद्यार्थीले एक स्वर्ण र एक कांस्य पदक जितेका थिए। उक्त प्रतियोगितामा शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक जितेका थिए। आलमको स्वर्ण अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालको पहिलो स्वर्ण पदक हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin