कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोना रोकथाम एव नियन्त्रणका लागि स्वास्थ्यकर्मी र स्वयसेविका परिचालन गरेको छ ।
बेलौरी नगरपालिका कोरोना नियन्त्रण संयोजक मान बहादुर चन्दले पालिकाका १० वटै वडामा रहेका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको बताए । उनका अनुसार महामारी परास्त पार्नका लागि अन्य कामकाज बाहेक स्वाथ्यकर्मी र स्वयसेविकालाई परिचालन गरिएको छ ।
हरेक साता आइतबार, मंगलबार र बिहीबार स्वाब संकलन गर्ने भएको छ । १ सय २५ जनाको स्वाब संकलनमा १८ पोजेटिभ र बाँकी ८५ जनाको रिपोर्ट आउन बाकी छ ।

यस्तै,बेलौरी नगरपालिकामा एक ५७ बर्षिया महिलाले कोरोना जितेकी छिन । बेलौरी नगरपालिका वडा नम्बर ३ की ५७ बर्षिय महिलालाई ७ दिन कोभिड हस्पिटल कुण्डामा उपचार गरि पिसिआर नेगेटिभ आएर डिस्चार्ज गरिएको छ ।
उनलाई कोभिड हस्पिटलमा स्वास्थ्यकर्मीले नियमित अक्सिजन रऔषधी दिईरहेका थिए । कोरोना निको भई सकेपनि एक पटक अन्य फोक्सो सम्बन्धि रोगहरुको चेकजाँच गराउन सल्लाह दिएको कोभिड हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट प्रकाश थापाले बताए ।
यस्तै बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले कुण्डामा ५० बेडको कोरोना अस्पताल सञ्चालन भइसकेको बताउँदै थप जनशक्ति र स्वास्थ्य सामग्रीको प्रबन्ध गरिएको बताए । उनले पाँचवटा अक्सिजन ल्याइएको र बाकी अक्सिजन खरिदका लागि पहल भईरहेको समेत जानकारी दिएका छन् ।

