४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीमा फेरी लम्बियो निषेधाज्ञा जेठ १३ गतेसम्म

खबर सम्बाददाता ३ जेष्ठ २०७८, सोमबार
कैलालीमा फेरी लम्बियो निषेधाज्ञा जेठ १३ गतेसम्म

कैलालीमा पुनः निषेधाज्ञा लम्बिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा जारी निषेधाज्ञा एक साता थपेको छ। 

यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो। 

जिल्ला कोभिड-१९ संकट व्यवस्थान समिति (डीसीएमसी)को सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।


जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीएमसीको बैठकले कोरोना सङ्क्रमण झन बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन सुझाव दिएको थियो। 

विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रूपमा बढ्दै गइरहेको भन्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin