नेकपा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा निवर्तमान मन्त्री लेखराज भट्ट र नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज तथा कैलाली इन्चार्ज , प्रतिनिधि सभा सदस्य माननीय नारद मुनी रानाको पहलमा २ सय सिलिन्डर अक्सिजन धनगढी पुगेको छ ।

सबै भन्दा धेरै अक्सिजनको समस्या झेलिरहेको सेती प्रादेशिक अस्पताल ११० सिलिन्डर अक्सिजन उपलब्ध गराइने भएको छ । गेटा अस्पताल ५० र महाकाली अस्पताल ४० सिलिन्डर उपलब्ध गराइने सांसद रानाका स्वकीय सचिव कमल रानाले बताए ।

निर्माणाधीन गेटा मेडिकल कलेजमा ५० सिलिन्डर अक्सिजन आए लगत्तै कोरोना सङ्क्रमितहरूको उपचार थालिने बताइएको छ । ‘अहिलेलाई आवश्यक अक्सिजन पुगेको छ अब यहाँ सङ्क्रमितको उपचार सुरु हुन्छ ’एमाले नेता भट्टका स्वकीय सचिव हितेश ओझाले भने ‘अब कोरोना सङ्क्रमितको उपचारमा केही सहज हुन्छ ।’