कैलालीको कैलाली गाउँपालिका ९ गदरेहामा होरी मिलन कार्यक्रम रानाथारु समाज कैलारी-९ गदरेहाको आयोजनामा आज सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसकि केन्द्रिय सदस्य जीवन राना , विशिष्ट अतिथी कैलारी गा.पा. प्रमुख राज समझ चौधरी , उप-प्रमुख भगवती कु. चौधरी ,कैलारी-४ का वडा अध्यक्ष ठागुराम चौधरी , धनगढी-१९ का वडा अध्यक्ष बाधुराम चौधरी ,समाजसेवी ,वुद्धिजिवी ,र गदरेहा गाउँका पढना धनबहादुर रानाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रानाथारुको होरी नाच प्रस्तुत गरिएको थियो ।
हाम्रो पहिरन लगाएर मात्र संस्कृति संरक्षण हुने छैन , तर आफ्नो पहिरन लगाएर संस्कृति संरक्षण गरौ त्यस पछि आफ्नो अधिकार माग्न । सरकारले रानाथारुलाई आदिवासी जनजातीमा सुचिकृत गर्यो तर सरकारले अधिकार दिएको छैन । हामिले आफ्नो अधिकारको लागि एकजुट भएर लाग्नुपर्ने भनेर प्रमुख अतिथि नेपाली कांग्रेसकि केन्द्रिय सदस्य जीवन रानाले बताएकी छिन
रानाथारुको संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । यसको लागि हामीले टुटेर होइन एक जुट भएर संस्कृति संरक्षण गर्नुपर्छ । आउने दिनमा रानाथारुको लागि पालिका स्तरीय कार्यक्रम गर्ने भनेर कैलारी गा.पा. प्रमुख राज समझ चौधरीले बताएका छन ।