७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

कला संस्कृति संरक्षण गर्ने कार्यक्रमको लागि बजेटमा समाबेश छ माग गर्न सक्नुहुन्छ: मा. प्रकाश देउवा

खबर सम्बाददाता ३१ श्रावण २०८०, बुधबार
कला संस्कृति संरक्षण  गर्ने कार्यक्रमको लागि बजेटमा समाबेश छ माग गर्न सक्नुहुन्छ: मा. प्रकाश देउवा

धनगढी उप-महानगरपालिका वडा नं ७ को देवरिया गाउँमा रानाथारु तीज विशेष कार्यक्रम-२०८० कमल महिला कृषक समुहको अध्यक्ष लल्ली रानाको अध्यक्षताम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी भौतिक पुर्वाधार बिकास मन्त्री मा. प्रकाश देउवाले रानाथारु समुदायको तीज पर्वको बिदा प्रदेश सरकारबाट दिना आवाज उठाउछु । कला संस्कृति संरक्षण गर्नको लागि अहिले हाम्रो बजेटमा समाबेश भएको छ माग गर्न सक्नुहुन्छ । रानाथारु समुदायको लागि मबाट के सहयोग हुन्छ गर्न तयार छु । यस क्षेत्रको बिकासको लागि लाग्ने छु । वडा अध्यक्षले दिएको बन्द चिठीलाई खोलेर काम गर्न तयार छु भनेर बताएका छन ।

बिशिष्ट अतिथी डा. जीवन रानाले भनिन म यही रानाथारु समुदायबाट आज पि.एच.डि गर्न सफल भएकी छु । रानाथारु समुदायलाई शिक्षित बनाउन धेरै प्रयास गरे र अझै अहिले गर्नेछु । रानाथारु समुदायको लागि आज, भोलि सधै मा समुदायको लागि लाग्नेछु । हाम्रो समुदायका सबैले राम्रो शिक्षा पाउन भनेर मैले शिक्षण पेशा समेत गरे । रानाथारु समुदायको लागि कहाँ मैले सहयोग गर्नुपर्छ कहाँ आवज उठाउनु पर्छ भन्नुहोला भनेर मन्तव्य ब्यक्त गरेकी थिइन ।

रानाथारु समुदायमा वडा नं ७ कै एकतामा उत्कृष्ट गाउँ रहेको । हामीले रानाथारु संग्रहालयको लागि बजेट बिनियोजन गरेका छौ । तपाईंको लागि वडा सरकार बाट सहयोग गर्न तयार छौ । वडा अध्यक्ष रानाले मा. मन्त्रीलाई बन्द चिठी समेत कार्यक्रममा दिएर माग पूरा गर्न अनुरोध समेत गरेका छन धनगढी-७ का वडा अध्यक्ष मोति राना मन्तव्य व्यक्त गरेका छन ।

रानाथारु समुदायकै प्रथम पि.एच.डि होल्दर डा. जीवन रानालाई आज सम्मान गरेका छन ।यो सम्मान उहाँले शिक्षा हासिल गरेर आफ्नो समुदायको बारेमा लेखेर पाएकी हुन । रानाथारु समुदायको लागि उहाँ लड्ने छन । रानाथारु समुदायमा अहिले शिक्षाको आवश्यकता रहेको छ शिक्षा जरुरी छ । भोलिको दिनमा हरेक रानाथारुले सम्मान पाउनको लागि शिक्षा जरुरी छ । रानाथारु समुदायमा तीज भदौमा गरीरहे भन्दैछन तर हामिले तिथी अनुसार हाम्रो तीज सावनमा हुँदै छ मितिले मात्र भदौ भएको भनेर नेपाल रानाथारु समाजका केन्द्रिय महासचिव भक्तराज रानाले बताएका छन ।

रानाथारु समुदायमा अहिले तीज पर्वको रौनक छाएको छ । रानाथारु समुदायको तीज २ गते परेको छ सनिवार बिदा छ तर हाम्रो रानाथारुको तीज भनेर प्रदेश सरकार बाट बिदा भनेर भनेका छैनन । नेपाल रानाथारु समाजले बिदाको मागको लागी पहल गर्नुपर्ने तर यहि मञ्चबाट मा. मन्त्री प्रकाश बहादुर देउवालाई अपिल गर्न चहान्छु हाम्रो रानाथारु समुदायको भदौ २ गते रानाथारु समुदायको तीजको बिदा दिन माग गरेको भनेर धनगढी-७ का पुर्व वडा अध्यक्ष सिताराम रानाले बताएका छन ।

कार्यक्रममा रानाथारु समुदायकै प्रथम पि.एच.डि होल्दर डा. जीवन रानालाई आज धनगढी-७ देवरियामा मा. प्रकाश बहादुर देउवाद्वारा सम्मानित ।

कार्यक्रम संचालन सुरज रानाले गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin