४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

बेलौरी नगरपालिकामा आज फागुन २५ गते शोक बिदा

खबर सम्बाददाता २५ फाल्गुन २०८१, आईतवार
बेलौरी नगरपालिकामा आज फागुन २५ गते शोक बिदा

कञ्चनपुरको बेलौरी नगरपालिकामा आज आइतबार शोक बिदा दिइएको छ । बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको शनिबार निधन भएको प्रति गहिरो दुःख व्यक्त गर्दै बेलौरी नगरपालिकाले मिति आज फागुन २५ गते एक दिन नगरपालिकाभर शोक बिदा दिने निर्णय गरेको हो । नगर प्रमुख पोतीलाल चौधरीद्वारा जारी सूचनामा नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका सबै निकायहरूमा शोक बिदा रहने जनाइएको छ । रिजालको निधनले समग्र नगरवासीलाई शोकाकुल बनाएको भन्दै उहाँको आत्माको चिरशान्तिको कामना गरिएको छ । स्थानीय तह तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले वडा अध्यक्ष रिजालको निधनप्रति शोक व्यक्त गर्दै उहाँले पुर्‍याएको योगदानको सम्झना गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin