अरुको काम गर्नुभन्दा आफ्नै काम गर्न रमाईलो लाग्छ,कञ्चनपुरको,कृष्णपुर नगरपालिका ०७ मा बस्ने किसान राम बहादुर चौधरी भन्नुहुन्छ ।
५ कठ्ठाबाट तरकारी लगाउन सुरु गरेका राम बहादुर अहिले बिघौंमा तरकारी खेती गर्छन।तरकारी खेतीबाट नै उँहा आफ्नो परिवार धान्दै छन् ।राम बहादुर भन्छन्,मैले तरकारी खेती गरेको लगभग २५ वर्ष भैसक्यो ,सुरुमा मैले ५ कठ्ठामा तरकारी रोपें अनि त्यसबाट मेलै ८००० रुपैंया सम्मको आम्दानी गरें । मेरो खुशीको सिमा रहेन,त्यो समयमा ८००० रुपैँया भनेको धेरै थियो,अनि त्यहींबाट अझ उत्साह जाग्यो र झन बढी मिहेनत गर्न थाले। बिस्तारै मेरो मिहेनतले रङ्ग ल्याउन थाल्यो र आज मैले तरकारी खेती गरेर १ बिघा जति जग्गा पनि बनाइसके ।
राम बहादुरले लिजमा जग्गा लिएर समेत तरकारी खेती गर्छन,लिज लिइएको जग्गामा उत्पादन गरेको तरकारीबाट भएको आम्दानीले पनि धेरै सहुलियत गरेको छ भनेर उनले भन्छन् ।
उनले आफ्नो खेतबारीमा मौसमी तरकारी लगाउने गरेका छन् । अहिले राम बहादुरले लौका,फर्सि जस्ता विभिन्न तरकारी फलाएर बजारमा बेच्दै छन् ।
उँहाले भन्नुहुन्छ,यो तरकारीखेती गर्नुभन्दा अगाडी म फर्निचरको काम गर्थँे । चार दिन काम गर्दा आठ दिन पैसा माग्न जानुपथ्र्यो,कहिले १०० कहिले ५०० रुपैयाँ मात्र दिन्थे । त्यही पैसाको लागि धेरै दिन भौतारिनुपथ्र्यो अनि त्यसपछि मेलै अरुको काम गर्नुभन्दा त आफ्नै केही काम गर्छु भनेर तरकारी खेती तिर लागेँ।
तरकारी खेतीले नै मेरो जिवनमा प्रगति भएको जस्तो लाग्छ भनेर,राम बहादुरले भन्छन्। अहिले लगभग एक बिघा जतिमा तरकारी रोपेका छन् । धान काटिसकेपछि २,३ बिघा जति तरकारी लगाउँछौ भनेर,उनले भन्छन।
उनले फलाएका तरकारी अत्तरिया र धनगढीको बजारमा बिक्री गर्न ल्याइन्छ । कहिले भाँडामा लिइएको अटोमा तरकारी पुगाउन जान्छन,भने कहिले बजारमा तरकारी सर्टेज भएको बेला तरकारी लिन गाडी आफै पनि आउँछ,भनेर राम बहादुर भन्छन् ।

बजारमा कहिले राम्रै मूल्य पाइन्छ भने कहिले आफ्नो मिहेनत अनुसारको मूल्य नै पाइंदैन । कहिले मूल्य नपाएर त कहिले धेरै वर्षाले गर्दा किसानलाई धेरै नोक्सान पनि हुन्छ, प्रकृतिको अगाडि हामी किसान मान्छेको के नै चल्छ र,तैपनि यदि किसानले बजारमा आफ्नो मिहेनत अनुसारको मूल्य पायो भने कुनै पनि किसानले आफ्नो देश छोडेर विदेशीनु पर्दैन, भनेर उनले भन्छन् ।
राम बहादुरले भन्छन्, यो वर्ष तरकारीको राम्रै मूल्य पाएं तर यो अति वर्षाले गर्दा भने साचेको जस्तो तरकारी फलाउन सकिएन् ।
हामी तरकारी पठाउने बजारमा कहिले राम्रो मुल्य नपाएर तनाव पनि हुन्छ । बजारका धेरै व्यापारीहरुले भारतमा सस्तो तरकारी पाउँछ भने, त्यहाँबाट यता ल्याएर बेच्ने गर्छन र त्यतिबेला हाम्रो तरकारी खरिद गर्दैनन् अनि जब भारतमा महँगो हुन्छ,त्यतिबेला हामीबाट सस्तोमा तरकारी खरिद गरेर आफू बजारमा बेच्ने गर्छन।यदि हाम्रो सरकारले भन्सारबाट अयात हुने विभिन्न खद्ययान्न वस्तु तथा सरसमानमा रोक लगाइदिएको भए किसानलाई झन सजिलो हुन्थ्यो र उत्साह मिल्थ्यो भनेर राम बहादुरले भन्छन् ।
जब हामी किसानले मल पाउँदैनौं त्यतिबेला छटपटाएर बस्छौँ, यदि सरकारले समयमै मल,बिउँ कृषकलाई प्रदान गरिदियो भने किसानलाई धेरै सहुलियत हुन्छ, साथै भन्सारबाट आउने समानको रोकथाम भयो भने किसानहरुले झन् उत्पादन बढाउछन्, र उत्साहित हुन्छन् ।
अबको सिजनका लागि भने,टमाटर,खुर्सानी,भान्टा,गोभी जस्ता विभिन्न तरकारी आफ्नो बारीमा उनले लगाइसकेका छन् । उनले भन्छन् यदि बजार मूल्य मिल्यो भने अरु तरकारी भन्दा गोभीमा भने बढी फाइदा गर्न सकिन्छ ।
राम बहादुरले विभिन्न व्यक्तिलाई सिजन सिजनमा काम दिँदै, अन्य किसानहरुका लागि समेत प्रेरणादायी किसान बनेका छन् ।