१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

स्थानीय

भादामा थारु होमस्टे महोत्सव पुस १७ गतेदेखि २१ गतेसम्म  हुने
खबर सम्बाददाता ५ पुष २०८१, शुक्रबार

भादामा थारु होमस्टे महोत्सव पुस १७ गतेदेखि २१ गतेसम्म हुने

कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँमा थारु होमस्टे महोत्सव आयोजना हुने भएको छ । थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ थारु होमस्टे महोत्सव आयोजना हुने भएको हो । सो महोत्सव यही पुस १७ देखि २१ गतेसम्म आयोजना हुने आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । भादामा सन् २०११ बाट होमस्टे सञ्चालनमा छ । होमस्टेको प्रचारप्रसार तथा... थप जानकारी

लालझाडी गाउँपालिकाद्वारा  हात्ती पीडितलाई राहत वितरण
खबर सम्बाददाता ३ मंसिर २०८१, सोमबार

लालझाडी गाउँपालिकाद्वारा हात्ती पीडितलाई राहत वितरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ४ मा लालझाडी गाउँपालिका ले  तत्काल को लागि राहत वितरण गरेको छ। हिजो राती १ बजे जंगली हात्ती को बथानले लालझाडी गाउँपालिका का तीन घर भत्काएको थियो। लालझाडी गाउँपालिका वडा नं ४ खल्ला जाई बस्ने ठग्गी कडरा,हरिलाल टमटा,र सारदा टमटा को घर पूर्ण रूपमा घर क्षति गरेको थियो। घरमा भएको लत्ता कपडा,भाडाकुडा , अन्नपात सबै नष्ट गरेको थियो। तत्कालीन राहत को लागि लालझाडी गाउँपालिका का उपाध्यक्ष सपना चौधरी ले १ कट्टा चामल ,१ लिटर... थप जानकारी

लालझाडीमा अध्यक्ष रानाद्वारा राहत वितरण
खबर सम्बाददाता १९ कार्तिक २०८१, सोमबार

लालझाडीमा अध्यक्ष रानाद्वारा राहत वितरण

लालझाडी गाउँपालिका वडा नं ३ स्थित पर्सियामा हात्तीहरुले घर भत्काएका परिवारलाई लालझाडी गाउँपालिकाले राहत वितरण गरेको छ । १ थान त्रीपाल , २५ केजि चामल , बल्ब र बिजुलीको तार लालझाडी ३ का मन्तिया राना र सर्वन रानालाई गाउँपालिका अध्यक्ष निर्मल रानाले राहत वितरण गरेका हुन । लालझाडी गाउँपालिका वडा नं ३ र ४ को हात्ती आउने क्षेत्रमा सशस्त्रको टोलिद्वारा आज देखि डिउटीमा खटिने भनेर गाउँपालिका अध्यक्ष निर्मल रानाले बताएका हुन... थप जानकारी

पुनर्वास-१० मा वडा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन
खबर सम्बाददाता १४ कार्तिक २०८१, बुधबार

पुनर्वास-१० मा वडा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन

कंचनपुरको पुनर्वास नगरपालिका वडा नं १० स्थित नवयुग युवा क्लबको आयोजना र पुनर्वास वडा नं १० को आर्थिक सहयोगमा वडा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता र रानाथारु हाजिरी जवाफ प्रतियोगिता-२०८१ अलंकार आधारभूत विद्यालय नजिकको खेल मैदानमा संस्थाका अध्यक्ष राजेश कुमार रानाको अध्यक्षता उद्घाटन सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी पुनर्वास-१० का वडा अध्यक्ष सुकदेव राना , भलमन्सा , सुरक्षाकर्मी ,समाजसेवी ,बुद्धिजीवी ,स्थानीय र खेलाडीहरुको उपस्थिति... थप जानकारी

लालझाडीमा चौथो कञ्चनपुर सम्मेलन २०८१ को तयारी बैठक सम्पन्न
खबर सम्बाददाता १४ कार्तिक २०८१, बुधबार

लालझाडीमा चौथो कञ्चनपुर सम्मेलन २०८१ को तयारी बैठक सम्पन्न

चौथो कञ्चनपुर सम्मेलन २०८१ को तयारी बैठक लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना को अध्यक्षतामा आज लालझाडी को सभाहलमा सम्पन्न भएको छ । कञ्चनपुरका ९ वटै पालिका सहभागी हुने सम्मेलनको पुर्वतयारीका लागि बसेको बैठकमा भिमदत्त नगरपालिका का नगर प्रमुख पदम बोगटी लगायत अन्य पालिकाबाट पनि प्रतिनिधिहरु लालझाडीका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की ,जनप्रतिनिधिहरुको सहभागी रहेको थियो । दिगो बिकासका लागि प्रत्येक बर्ष हुने कञ्चनपुर सम्मेलन... थप जानकारी

नेपाल रानाथारु समाजको समानान्तर समिती गठन ,अध्यक्षमा रबि राना
खबर सम्बाददाता ५ कार्तिक २०८१, सोमबार

नेपाल रानाथारु समाजको समानान्तर समिती गठन ,अध्यक्षमा रबि राना

नेपाल रानाथारु समाजको ७ औं महाधिवेशनलाई एक समुहले बहिष्कार गर्दै नेपाल रानाथारु समाजको कैलाली-कंचनपुरको केन्द्रिय समानान्तर समितीका अध्यक्ष रबि राना सहित१७ जनाको कार्यसमितिति गठन भएको छ । नियम अनुसार निर्वाचनको लागि असोज २४ गते निर्वाचन मण्डललाई नयाँ आजिवन सदस्यलाई स्वीकार नगर्ने भनेर जानकारी गराएका थियौ तर अन्तिममा ३० गते निर्वाचन हुनु भन्दा पहिले नयाँ सदस्यको नाम थप गरेका हुन । यहि कुरामा बिरोध हुदा समेत कार्तिक ३ गते निर्वाचन गराएका थिए ।... थप जानकारी

मनेहरा कप-२०८१ को बिजेता आयोजक A
खबर सम्बाददाता ३ कार्तिक २०८१, शनिबार

मनेहरा कप-२०८१ को बिजेता आयोजक A

कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहरा गाउँमा मनेहरा स्पोर्ट्स क्लबको आयोजनामा धनगढी ७ नं वडा कार्यालयको सहयोगमा रुपक चौधरीको अध्यक्षतामा खुल्ला वडा स्तरीय मनेहरा कप-२०८१ भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु २१ हजार आयोजक A , दोस्रो पुरस्कार रु ११ हजार जुगेडा A , तेस्रो पुरस्कार रु ५ हजार धनगढीले पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा १६ वटा टिम दर्ता भएको थियो । कार्यक्रममा प्रमुख... थप जानकारी

वडा अध्यक्ष रानाद्वारा मनेहरा कप-२०८१ को उद्घाटन सम्पन्न
खबर सम्बाददाता १ कार्तिक २०८१, बिहीबार

वडा अध्यक्ष रानाद्वारा मनेहरा कप-२०८१ को उद्घाटन सम्पन्न

कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहरा गाउँमा मनेहरा स्पोर्ट्स क्लबको आयोजनामा धनगढी ७ नं वडा कार्यालयको सहयोगमा रुपक चौधरीको अध्यक्षतामा खुल्ला वडा स्तरीय मनेहरा कप-२०८१ भलिबल प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु २१ हजार , दोस्रो पुरस्कार रु ११ हजार , तेस्रो पुरस्कार रु ५ हजार रहेको छ । प्रतियोगितामा १६ वटा टिम दर्ता भएको छ । कार्यक्रममा काभा U-20 बाट नेपाल टिमका खेलाडी अशोक रानालाई... थप जानकारी

सबैजना लालझाडीको बिकास गर्न मिलेर अगाडि बढ्नुपर्छ अध्यक्ष : राना
खबर सम्बाददाता २७ आश्विन २०८१, आईतवार

सबैजना लालझाडीको बिकास गर्न मिलेर अगाडि बढ्नुपर्छ अध्यक्ष : राना

कंचनपुरको लालझाडी गाउँपालिका वडा नं १ स्थित बिनबारी टोलमा वडा स्तरीय दशैं मिलन कार्यक्रम-२०८१ नौरङ्गा-बिनबारी डान्स ग्रुपको आयोजनामा सीता चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना , विशिष्ट अतिथी लालझाडी गाउँपालिका निवर्तमान अध्यक्ष मदनसेन बडायक , लालझाडी १ का वडा अध्यक्ष प्यारेलाल राना , गाउँपालिका स्तरीय भलमन्सा समिती अध्यक्ष अतिराम चौधरी , समाजसेवी दिनेश राना , साहुकार राना ,... थप जानकारी

हात्ती  आतङ्क  नियन्त्रणका लागि लालझाडीमा संघर्ष समिति गठन
खबर सम्बाददाता २३ आश्विन २०८१, बुधबार

हात्ती आतङ्क नियन्त्रणका लागि लालझाडीमा संघर्ष समिति गठन

कञ्चनपुरमा जंगली हात्तीको आक्र्मण बढिरहेका बेला, लालझाडी गाँउपालिकामा स्थानियवासीहरुले संघर्ष समिति गठन गरेका छन् । बुधबार स्थानीयहरुले पालिका स्तरिय भेला गरि हात्ती आतङ्क नियन्त्रणका लागि संघर्ष समिति नै बनाएका हुन । स्थानीय युवा दर्शन रानाको अध्यक्षतामा जंगली हात्तीबाट हुने हानी नोक्सानी तथा जोखिम नियन्त्रणका लागि संघर्ष समिति गठन गरिएको हो । समितिमा उपाध्यक्ष भीम बहादुर राना, कोषाध्यक्ष गोदाबरी राना,सचिव राम अवतार राना, सदस्यहरु मनिराम... थप जानकारी

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल